back
NMB ad

अब सबै आकस्मिक सेवाका लागि एउटै नम्बर

Kumari bank ad

काठमाण्डौं । आकस्मिक सेवा लिन छुट्टा छुट्टै नम्बरमा फोन गर्नुपर्ने झन्झट अब समाप्त हुने भएको छ।

प्रहरी, एम्बुलेन्स, दमकल, शव वाहन, ट्राफिकलगायतले प्रयोग गर्दै आएका आकस्मिक (इमर्जेन्सी) नम्बरलाई अब एउटै नम्बरमा रुपान्तरण गर्ने तयारी नेपाल दूरसंचार प्राधिकरणले अघि सारेको छ।

प्रधिकरणले ‘एकीकृत आकस्मिक नम्बर’ योजना तयार पारेको छ। उक्त मस्यौदामा तीन अंकको एउटै नम्बरमा फोन गरी प्रहरी, ट्राफिक, दमकल, एम्बुलेन्सलगायतको सहयोग लिन सकिने प्राधिकरणले जनाएको छ।

आकस्मिक नम्बर धेरै भएका कारण सर्वसाधारणलाई कुन कहाँको हो भन्ने सम्झन असहज हुने, बढी स्रोतको उपयोग हुने, स्रोत परिचालन र व्यवस्थापन गर्न समस्या हुने भएकाले एकीकृत नम्बर प्रणाली ल्याउन लागेको  प्रधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले बताए।

अमेरिका र युरोपका विभिन्न मुलुकमा एउटै आकस्मिक नम्बर प्रयोग हुँदै आएको छ। आकस्मिक सहयोगका लागि अमेरिकामा ‘९११’ र युरोपियन मुलुकमा ‘११२’ प्रयोग हुँदै आएको छ।

मस्यौदामा नेपालमा पनि यी दुई नम्बरमध्ये ‘११२’ लाई आकस्मिक नम्बरका रुपमा अघि सारिएको उनले बताए।

प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार १२:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...