back
NMB ad

को बन्ला नेपाल टेलिकमको सिइओ ?? यी हुन् आवेदन दिने १३ जना !

Kumari bank ad

काठमाण्डौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि कम्पनी भित्रका ९ सहित १३ जनाले आवेदन दिएका छन्। प्रतिस्पर्धात्मक प्रणालीबाट टेलिकम प्रमुख छनोट गर्न प्रस्ताव आह्वान गरिएको हिजो आइतबार अन्तिम दिन हो।

यी १३ जनामध्ये ६ जना सर्ट लिस्टेड हुने कम्पनीले जनाएको छ । त्यसपछि सो सूचीमा परेकासँग भने सिइओ छनौट समितिले अन्तर्वार्ता लिने छ। त्यसपछि तीन जनाको नाम समितिले मन्त्रिपरिषद्मा पठाउने छ।

सो पदका लागि आवेदन दिनेमा हालका प्रबन्ध निर्देशक बुद्ध्रिप्रसाद आचार्यसहित टेलिकमकी नायब प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, कम्पनी सचिव गोकर्णप्रसाद सिटौला, मानव संसाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू मचुतानन्द वैद्य, सुनिलकुमार पोखरेल, प्रतिमा प्रधान, राजुबाबु अर्याल र गुणकेशरी प्रधान रहेका छन्। यसैगरी दीपकराज जोशी, अनिलकुमार झा, मदन खरेल र नगेन्द्र झाले पनि टेलिकम प्रमुखका लागि आवेदन दिएका छन्।

सिफारिस समितिले गत असार२५ मा २१ दिने म्यादसहित टेलिकम प्रमुखका लागि आवेदन आह्वान गरेको थियो। वर्तमान प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको कार्यकाल आगामी भदौ २० मा सकिने भएकाले सरकारले नयाँ प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो।

१७ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन १७ सोमवार ११:५९ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...