काठमाण्डौं । देशको प्रमुख टेलिकम्युनिकेशन सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले चालु आर्थिक बर्षको पहिलो छ महिनामा सात अर्ब ९१ करोड खुद नाफा कमाएको छ । उसले गत बर्षको दोस्रो त्रैमासको तुलनामा ६४ अर्बले खुद नाफा बढाउँदा प्रतिसेयर आम्दानी १०५.५८ पुगेको छ ।
गत बर्षको दोस्रो त्रैमाससम्म ९६ रुपैयाँ प्रति सेयर आम्दानी रहेको कम्पनीले प्रति सेयर आम्दानी १० रुपैयाँले बढाएको छ । उसले आफ्नो सेवा बिक्रीबाट २० अर्ब ६४ करोड कमाएको छ भने अन्य आम्दानी सामान्य रुपमा घटेर एक अर्ब ८३ करोड मा झरेको छ ।
१५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७८ अर्ब रहेको छ । नेपाल टेलिकमले सरकारलाई तिर्ने कर मात्रै दुई अर्ब ८२ करोड छुट्याएको छ ।
२७ माघ २०७३, ११।००
वि.सं.२०७३ माघ २७ बिहीवार ११:०७ मा प्रकाशित