back
NMB ad

संस्थानले माग्यो २७ अधिकृत, शैक्षिक योग्यता हेर्नुहोस् र आवेदन दिनुहोस्

Kumari bank ad

काठमाण्डौं। नेपाल दूरसञ्चार प्राधिकरणले अधिकृत तृतिय र सहायक प्रथम पदमा २७ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले प्राविधिकतर्फ एकजना आन्तरिक प्रतिष्पर्धावाट र एकजना खुल्लातर्फ गरि दुई जना र प्रशासनतर्फ पनि एकजना आन्तरिक प्रतिष्पर्धावाट र एकजना खुल्लातर्फ गरि चारजना उपनिर्देशक माग गरेको छ।

त्यस्तै प्रशासनिक अधिकृततर्फ एकजना आन्तरिक प्रतिष्पर्धा र चारजना खुल्ला प्रतिष्पर्धामार्फत माग गरेको छ भने इन्जिनियरिङतर्फ खुल्ला सातजना, महिला दुईजना, आदिवासी जनजाति १ जना, मधेशी एकजना र दलित एकजनागरी कुल १२ जना अधिकृतको माग गरेको छ।

त्यस्तै सहायक प्रथममा प्रशासनतर्फ तीन, महिला एक र आदिवासी जनजातिवाट एकजना गरि कुल पाँचजना कर्मचारीको माग गरेको छ।

आन्तरिक प्रतियोगिताका लागि अधिकृत द्धितिय श्रेणीका लागि १२ सय रुपैयाँ दस्तुर र तृतिय श्रेणीका लागि एक हजार रुपैयाँ लाग्नेछ भने ३० दिनभित्र आवेदन दिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले केहि समय अघि मात्र कर्मचारीको सेवाका शर्त सम्बन्धि विनियमावली २०७३लाई पास गर्दै नयाँ कर्मचारी थपको प्रकृयालाई अगाडि बढाएको थियो।

८ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन ८ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...