काठमाण्डौं । नेपालमै पहिलो पटक साइन्स फिक्सन फिल्म बिजुली मेसिनको टिजर हिजो सार्वजनिक गरिएकोछ । नेपालमा बिजुली उत्पादनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने युवाको कथा फिल्मको विषय हो।
विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न चाहने युवाको खोजको कथा फिल्ममा देखाइने निर्देशक एवं चलचित्रका लेखक नविन अवालाले बताए।
युनिभर्सल नेपालको ब्यानरमा बनेको यो फिल्म फिल्ममा ध्वनिबाट ऊर्जा उत्पादनका लागि संघर्षरत विद्यार्थी साइमन र अलौकिक क्षमता भएको पात्र प्रतिकको खोज, मेहनत र अन्य कृयाकलाप वरिपरी फिल्मको कथा घुम्छ।
चलचित्रमा नायक राजेश हमाल, अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, बुद्दी तमाङ, लक्ष्मी भुषाल, कमलमणि नेपाल आदिको मुख्य भूमिका रहेको छ।
१२० मिनेट लामो फिल्मलाई रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेका हुन्। फिल्ममा १ करोड बराबर नेपाली रुपैयाँ लगानी भएको दाबी गरिएको छ।
https://www.youtube.com/watch?v=zkA-J1WkZ18
२७ साउन २०७३, ८।३०
वि.सं.२०७३ साउन २७ बिहीवार ०९:०३ मा प्रकाशित