back
NMB ad

नेपाल आज बेलुकी सवा ६ बजे मलेसियासँग भिड्दै

Kumari bank ad

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ६ बजे नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि भारतमा सम्पन्न बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) र बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली टोली त्यसपछिको पहिलो मैत्रीपूर्ण खेलमा पनि उच्च मनोबलको साथ मैदानमा उत्रने आशा गरिएको छ । साग र बङ्गबन्धुमा नेपालले स्वर्णपदक जितेको थियो ।

त्यस्तै, केही समयअघि मात्र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नियुक्त गरेको नयाँ जापानी प्रशिक्षक ग्यातुकी कोजीको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक फुटबल प्रतियोगितामा सहभागिता जनाउँदैछ ।

नेपालको टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड गरी २३ सदस्य छन् । गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बू छन् भने डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रञ्जित धिमाल छन् ।

त्यसैगरी, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् । फरवार्डमा भरत खवास, विश्वास श्रेष्ठ, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामा छन् ।

प्रकाशितः २०७२ चैत्र १४

वि.सं.२०७२ चैत १४ आइतवार १५:३८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...