back
NMB ad

बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय टोली जापान जाने

Kumari bank ad

काठमाडौ। १० दिने बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान जाने भएको छ ।१० दिने जापान भ्रमणका लागि नेपाली टोली साउन २६ गते त्यसतर्फ लाग्नेछ ।

आगामी साउन २७ देखि भदौ ५ गतेसम्म टोकियोमा हुने क्याम्पमा नेपाली टोली जापान जाने अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पुष्टि गरे । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकी कोजी र टेक्निकल डाइरेक्टर ताकेदा चियाकीको पहलमा जापानी दूतावासको आयोजनामा टोली जापान पठाउन लागिएको पनि सिइओ तुलाधरले जानकारी दिए ।

टोलीले जापानका युनिभर्सिटी र क्लवका टोलीहरुसँग नेपाली टोलीले बढीमा पाँच खेल खेल्नेछ । त्यस्तै प्रशिक्षण क्याम्पका साथै जापानी ब्यवसायिक प्रशिक्षहरुबाट प्रशिक्षणको व्यवस्था पनि हुने सिइओ तुलाधरले बताए । नेपाली राष्ट्रिय टोली एएफसी एसियन कप छनोटमा व्यस्त छ । यसअघि फिलिपिन्स र यमनसाग खेलेको नेपालले आगामी खेल ताजिकिस्तानसाग खेल्नेछ ।

दुई खेलमा १ अंक जोडेको नेपाल समूहको तेस्रो स्थानमा छ भने ६ अंकसहित फिलिपिन्स पहिलो र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले खाता खोल्न सकेको छैन । समूहको शीर्ष दुई टीम एएफसी एशियन कपमा छनोट हुनेछ ।फाईल फोटो

प्रकाशित मितिः २०७४ साउन १३

वि.सं.२०७४ साउन १३ शुक्रवार १२:२९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...