back
NMB ad

नेपालमा उत्पादित लप्सीका परिकार अमेरिकी बजारमा !

Kumari bank ad

पर्वत । यहाँका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकार पहिलोपटक अमेरिका निर्यात भएको छ ।

जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका हुन् ।

लप्सीको ३०० किलो क्यान्डी, ३०० किलो अचार र २० किलो ग्रिनबिन कफी हिमाल गार्मेन्टलाई पठाएको हो । गार्मेन्टका तर्फबाट आएका क्रिगले उद्योगमा करिब एक महिना बसेर त्यसको गुणस्तर परीक्षणपछि उत्कृष्ट ठहर गर्दै आफ्नो कम्पनीका लागि लैजाने सम्झौता गरेका हुन् ।

कम्पनीले क्यान्डी प्रतिकिलो रु २५०, अचार रु २८० र ग्रिनबिन कफी रु ८०० किलोमा बिक्री गरेको उद्योग सञ्चालक थानेश्वर भुसालले बताउनुभयो ।

विसं २०५८ मा स्थानीय स्रोतसाधनबाट सुरु भएको उद्योगले वैधानिक प्रक्रिया पूरा गर्दै उत्पादन अमेरिकासम्म पु¥याउन सक्नु ठूलो उपलब्धिका रूपमा लिएको उनको भनाइ छ । सुरुका चरणमा वैधानिकता पाउन मात्रै निकै सङ्घर्ष गर्नुपरेको तर निरन्तर लागिपरेपछि अब बल्ल आफ्नो उत्पादनले पनि विदेशको बजार पाउने आस बढाएको उनले उल्लेख गरे ।

एक जिल्ला एक उत्पादनअन्तर्गत लप्सी छनोट हुनुले उद्योगको विस्तार र विकासमा थप हौसला मिलेको उनले बताए । उद्योगले दुई वर्षअघि घरेलु तथा साना उद्योग महासङ्घबाट गुणस्तरमा उत्कृष्ट अवार्डसमेत पाएको थियो ।

खरिद सम्झौता गर्न उद्योगमा आएका क्रिगले लप्सीको परिकार अमेरिकाका लागि नयाँ स्वाद हुने बताए । अमेरिका पु¥याएपछि प्रतिकिलो ५० डलरमा बिक्री गर्न सकिने उनले बताए ।

कृषि उद्यमी ऋषिकेश तिवारीले २०५५ देखि पर्वतमा लप्सीको सम्भावना देखेर यसको प्रशोधन प्रक्रिया सुरु गरेका थिए । पर्वत सामुदायिक विकास संस्थामार्फत उद्योग सञ्चालनका लागि प्राविधिक प्रक्रियामा लागेका तिवारीको सक्रियतामा लामो सङ्घर्षपछि उद्योग सञ्चालनमा ल्याइएको थियो ।

सुरुमा आफूले लप्सीको सम्भावना देखेर उद्योग खोल्ने कुरा गर्दा जानकारले नै जिस्काउने अनुभव सुनाउँदै उनले भने अहिले पर्वत लप्सीमय बन्दै छ । उद्योगको उत्पादन अमेरिकासम्म पु¥याउनुले सफलताको उचाइमा पु¥याएको उनको भनाइ छ ।

वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि पर्वतका करिब तीन दर्जन गाविसमा यसको व्यावसायिक खेती सुरु भएको छ । जिविस र उद्योग वाणिज्य सङ्घले तीन वर्षदेखि थालेको एक जिल्ला एक उत्पादन कार्यक्रमले पनि लप्सीको उत्पादन जिल्लामा बर्सेनि बढ्दै गएको हो ।

यसैबीच पर्वत उद्योग वाणिज्य सङ्घले नेपालमै पहिलोपटक लप्सी प्रशोधनका लागि आधुनिक मेसिनसमेत भित्र्याएको छ ।

२० बैशाख २०७३, २।००

वि.सं.२०७३ वैशाख २० सोमवार १६:१९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...