Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, असाढ १२ , २०७४  |  
Monday, June 26, 2017

नेपाली लप्सीका परिकार अमेरिकासम्म, १० मेट्रिक टन माग

January 6, 2017

Lapsi

पर्वत । जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ । मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटा परिकार अमेरिका पठाउन थालिएको हो ।

लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जामलगायत परिकार उद्योगले गत वर्षदेखि अमेरिका पठाउन थालेको हो । पन्ध्र वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले गत वर्ष लप्सीको विभिन्न परिकार करिब तीन सय किलो अमेरिका पठाएको थियो ।

यस वर्ष १० मेट्रिक टन लप्सीका परिकारको माग भएको उद्योगका सञ्ंचालक थानेश्वर भुसालले बताए ।

अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर गतवर्ष लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका थिए । यस वर्ष उद्योगले ४० टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखेको छ ।

वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि जिल्लाका विभिन्न गाविसमा यसको व्यवसायिक खेती थर्न थालिएको छ ।

२२ पुस २०७३, ३।३०

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु