back
NMB ad

विद्यालय निर्माण गर्न आएको विदेशी टोली नेपाली मेहनती देखेर फर्किए

Kumari bank ad

कञ्चनपुर । भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माणका लागि चार दिनअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ सिसैया पुगेको विदेशी टोलीका सदस्य यहाँको संस्कृति र कलाबारे जानकारी लिई बिहीबार फर्किएका छन् ।

टोलीका सदस्यले मंगल आधारभूत विद्यालयको तीनकोठे भवन निर्माणका लागि श्रमदानसँगै स्थानीय बासिन्दासँगै बसेर संस्कृति, रहनसहन, पहिरन, परम्परागत नृत्य र गहनाबारे जानकारी लिएर फर्किएका हुन् ।

विल्डवन नेपालको सहयोगमा बन्न लागेको तीनकोठे विद्यालय भवन निर्माणमा श्रमदान गर्न पुग्नुभएका दुबई केयरका सिइओ अब्दुल्लाहले नेपाली संस्कृतिमा समृद्ध हुनुका साथै नेपाली नागरिक मेहनतीसमेत रहेको बताए ।

यहाँको सीप र ज्ञानबारे जानकारी लियौँ, उनले भने, “हामीले सिकेको सीप सिकाउन पाउँदा खुशी लागेको छ ।” श्रमदान गर्न आएको विदेशी टोलीका सदस्यलाई स्थानीय बासिन्दाले थारु समुदायको परम्परागत पहिरनमा छोक्रा, सखिया र पहाडी समुदायको देउडा नाच देखाएका थिए ।

विदेशी टोलीका सदस्यले समेत स्थानीय पहिरन लगाएर नाचमा साथ दिएका थिए । संस्कृतिमा समृद्ध नेपालले पर्यटकको मन लोभ्याउनसक्ने भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने टोलीका सहभागी मोना मक्सुदले बताए ।

“प्राकृतिक सम्पदामा सम्पन्न देश भएकाले यसको सदुपयोगमा लाग्नुपर्छ”– उनले भने । शुक्लाफाँटा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बहादुर महराले विदेशी पाहुना टोलीले घरकै वातावरणमा अथक परिश्रम गरी विद्यालय निर्माणको कार्य गरेकामा प्रशंसा गरे ।

“विदेशी टोलीको कार्यबाट पाठ सिक्दै नेपालीले पनि श्रम गरेर सार्वजनिक भौतिक निर्माणका कार्यमा योगदान दिन सक्नुपर्छ”– उनले भने । बिदाइ कार्यक्रममा विद्यालयका बालबालिकाका लागि विदेशी पाहुना टोलीका सदस्यले विभिन्न प्रकारका शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरे ।

चार दिनको अवधिमा विदेशी टोलीका सदस्यले भवन निर्माणका लागि जग खन्ने, ढुंगा बोक्ने, बालुवा ओसार्ने र सिमेन्टको गारो लगाउने, फलामका डन्डी काट्ने, बाँध्ने लगायतका कार्य गरेका थिए ।

टोलीमा विभिन्न देशका २२ जना विदेशी महिला पुरुषको सहभागिता रहेको थियो । भूकम्पप्रतिरोधी विद्यालय भवन रु २५ लाखको लागतमा निर्माण गरिनेछ । विद्यालय भवनमा तीन कोठा र दुईवटा शौचालय निर्माण गरिनेछन् । विद्यालय निर्माणको कार्य १०६ दिनमा सकिनेछ । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १०

वि.सं.२०७४ कात्तिक १० शुक्रवार ०९:३१ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...