back
NMB ad

अमेरिकामा कर छुटसँगै नेपाली तयारी पोशाकको बजार बढ्ने सम्भावना

Kumari bank ad

अमेरिका । हालसालै अमेरिकी सिनेट र काँग्रेस दुवै सदनबाट नेपाली तयारी पोसाकलाई कर छुटका रूपमा स्वीकृति प्रदान गर्ने विधेयक पारित भई राष्ट्रपति ओबामासमक्ष हस्ताक्षरका लागि पुगेपश्चात् नेपालको तयारी पोसाक व्यवसाय पहिलेको भन्दा राम्रो अवस्थामा पुग्ने सम्भावना देखिएको छ।

हाल प्रस्तावित विधेयक राष्ट्रपतिले हस्ताक्षर गरेको ३० दिनपश्चात् लागू हुनेछ। यो विधेयक लागू भएमा १९८० मा सुरु भएर २००५ मा मल्टी फाइबर एग्रिमेन्ट टर्मिनेटपश्चात् खस्केको नेपाली तयारी पोसाक व्यवसाय पुनः २००२ भन्दा अगाडिको अवस्थामा फर्कन सक्ने बढी सम्भावना रहेको छ। सन् २००२ मा ७०० भन्दा बढी उद्योग र पाँच लाख कामदार रहेको क्षेत्र हाल ८० को हाराहारीमा उद्योग, केही हजारको सङ्ख्यामा कामदार छन् भने गलैचापश्चात् वैदेशिक मुद्रा भित्र्याउने दोस्रो व्यवसायका रूपमा रहेको तयारी पोसाक ५० मिलियन डलरको हाराहारीमा झरेको छ।

अहिले पारित हुन लागेको विधेयकबाट व्यवसायीहरु उत्साहित भएका छन्। नयाँ व्यवस्थाबाट अमेरिकामा मात्र रु २५ अर्बको तयारी पोसाकलगायत अन्य सामग्री निर्यात गर्न सक्ने अवसर छ भने लाखौँको सङ्ख्यामा रोजगारी र विदेशी मुद्रासमेत आर्जन गर्न सक्दछ। नेपाली युवाले केही हजारको जागिर खान खाडी र मलेसिया जानुपर्ने बाध्यता रहने छैन।

नेपाललाई अमेरिकाले प्रदान गर्दै आएको कोटा २००५ मा हटाएपश्चात् लाखौँको सङ्ख्यामा रहेका कामदारहरु केही हजारमा सीमित रहनुका साथै अमेरिकामा नेपाली गार्मेन्टको निर्यात अमेरिकी गार्मेन्ट आयातको ०.०२ प्रतिशतमा सीमित हुन पुग्यो। कर छुटको सुविधा प्राप्त गर्नका लागि नेपालले ‘अफ्रिकी वृद्धि र अवसर ऐन–१९७४’मा भएका प्रावधानहरु पूरा गर्नुपर्ने, उत्पादित सामग्री कम्तीमा ३५ प्रतिशत नेपालमा उत्पादन भएको हुनुपर्ने, अन्य देशबाट नेपालमा सामान ल्याएर निर्यात गर्न नसकिने, हस्तकला, नेपालको संस्कृति झल्कने प्रिन्ट भएकालगायतका सामग्री अमेरिका पठाउन सकिने तर सर्वप्रथम अमेरिकामा आयात हुने गार्मेन्टमध्ये १.५ प्रतिशत तयारी पोसाक भन्सार छुटमा ल्याउन सकिने र हरेक वर्ष ०.३३ प्रतिशतको दरले १० वर्षसम्म (२०२५ सम्म) वृद्धि गर्दै लैजाने गरी सुविधा प्रदान गर्दै जानेजस्ता सर्त राखेको छ। नेपालले १.५ प्रतिशत तयारी पोसाक भन्सार छुटमा अमेरिका ल्याउन सकेमा नेपालको निर्यात र आर्थिक वृद्धिदर बढ्न सक्नेछ।

अमेरिकाले नेपाललाई एलसिडी (अल्पविकसित राष्ट्र) अन्तर्गतको सेक्सन ९१५ को सुविधा प्रदान गर्न लागेको हो। यसअन्तर्गत तयारी पोसाकका ६६ प्रकारका उत्पादनलाई १७ प्रतिशत भन्सार छुट दिनेछ। यसअघि नै नेपाली हस्तकलाका सामान (पस्मिना, फेल्ट, सिल्बर जुएलरी, उनका उत्पादन, घरेलु उद्योगका सामान)लाई जिएसपी सुविधाअन्तर्गत कर छुट प्रदान गरिएको छ।

घरेलु तथा साना उद्योगमा उत्पादित सामग्रीहरू ‘फेयर ट्रेड’ हो भनी प्रमाणित गराई विश्वबजारमा प्रवद्र्घन गर्न सकेमा युरोप, अमेरिका लगायतका देशमा यसको ठूलो बजार रहेको छ । यदि सरकारले ‘फेयर ट्रेड’ प्रमाणित गरिदिने सिस्टम बनाएमा नेपाली हस्तकलाको विश्वबजारमा ठूलो अवसर भएको हुँदा व्यवसायी, सरकार सबैले संयुक्त रूपमा ‘फेयर ट्रेड’ प्रमाणित गर्ने परिपाटी विकासका लागि कार्य गर्नु यस क्षेत्रको विकासका लागि अपरिहार्य छ।

अमेरिकी सरकारले प्रदान गर्न लागेको सुविधाका बारेमा नेपालबाट अमेरिकामा आयात निर्यातको व्यापार गर्ने व्यापारी ऋषि ढकाल भन्छन् – “यो नेपालका लागि सबै प्रावधान पूरा गरी काम गरेमा रोजगारीको अवसर सिर्जना भई देश विकास गर्ने एक अवसर हुनेछ। भूपरिवेष्टित देश हुनु, अपर्याप्त नीति, नियम, सरोकारवाला निकायबीच समन्वयको अभाव, दक्ष श्रमिकको कमी, विद्युत्को अभाव हुनुजस्ता चुनौती भएको अवस्थामा तयारी पोसाक उद्योगीहरुले सरकारसँग समन्वय गरेर आन्तरिक लगानीको साथमा वैदेशिक लगानी नीति, परिमार्जित श्रमनीति, नयाँ संरचनाको निर्माण, आयकर छुटको व्यवस्था, सहुलियत ब्याज दरको व्यवस्था, उचित नीतिनियमको तर्जुमा गर्न सरकारी निकायसँग समन्वयजस्ता कार्य गरेमा अहिले अमेरिकी सरकारले प्रदान गर्न लागेको भन्सार छुट एक कोसेढुङ्गाका रूपमा रहने छ।” आगामी दिनमा निजी क्षेत्र र सरकारको सहकार्यमा नेपाली विशेष उत्पादनको अन्तर्राष्ट्रिय रूपमा ट्रेड मार्क लिने तयारी गरेमा भविष्यमा नेपाली उत्पादनले गलैँचा र पस्मिना जसरी लोप भएर जानुपर्ने छैन भने नेपाललाई विश्वसामु चिनाउनसमेत सक्नेछ। रासस

२४ माघ, २०७२/ ११.३०

वि.सं.२०७२ माघ २४ आइतवार १३:२७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...