back
NMB ad

प्रमसँग चीन जानेको दैनिक भत्ता १ करोड

Kumari bank ad

काठमाण्डौं । यही चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सरकारी जम्बो टोलीका लागि एक करोड रुपैयाँ भन्दा बढी दैनिक भ्रमण भत्ता (टीएडीए)मा खर्च हुने भएको छ।यो खर्च यातायात तथा आबासबाहेकको हो।

मन्त्रिपरिषदको निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक ती सय, मन्त्रीले दुई ५०, सचिवले दुई सय र सहसचिवले एक सय ७५ र उपसचिवले एक सय ५० डलर पाउँछन्।

प्रधानमन्त्रीले पाँच दिनका लागि एक हजार पाँच सय डलर अर्थात एक लाख ५९ हजार पाँच सय रुपैयाँ पाउनेछन्। त्यसैगरी सातजना मन्त्रीले दैनिक दुई सय ५० डलरका दरले ८ हजार सात सय ५० डलर अर्थात ९ लाख २७ हजार पाँच सय रुपैयाँ टीएडीए पाउनेछन्।

भ्रमण टोलीमा संलग्न १५ सांसदले दैनिक दुई सयका दरले १४ हजार डलर अथर्तात १४ लाख ८४ हजार रुपैयाँ पाउनेछन्। भ्रमण टोलीमा संलग्न सात सचिव, सात सहसचिव, र भ्रमण टोलीमा संलग्न अन्य २४ जनाले उपसचिवसरहको भत्ता पाउनेछन्। भ्रमण टोलीको संख्यासमेत झन्डै पाँच दर्जन हाराहारीमा पुग्ने भएको छ।

अन्नपूर्ण पोस्ट, ४ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत ४ बिहीवार १०:३२ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...