काठमाडौ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले २५ सदस्यीय प्रारम्भिक टोलीबाट गएको भदौ २१ गते १८ सदस्य छनौट गरेको थियो । सोमबार १८ सदस्यबाट अन्तिम १४ सदस्यको नाम सार्वजनिक गरिएको हो ।
गएको साउन ३० गते छानिएको प्रारम्भिक २५ सदस्यबाट भदौ २१ गते १८ सदस्य छानिएको थियो । केही समयदेखि पायल्सको समस्याबाट पीडित शक्ति गौचन स्वास्थ्यकै कारण टिममा छैनन् ।
को–को परे टोलीमा ?
पारस खड्का, ज्ञानेन्द्र मल्ल,शरद भेषावाकर,सुशील कँडेल,ललिट सिंह भण्डारी,सन्दिप लामिछाने,आरिफ शेख,सुशन भारी,सागर पुन,दिपेन्द्र सिंह ऐरी,बसन्त रेग्मी,करण केसी,विनोद भण्डारी,सोमपाल कामी
यस्तै वैकल्पिक चार खेलाडीमा जितेन्द्र कुमार मुखिया,नरेश बुढायर,महबुब आलम, कुशल भुर्तेल रहेका छन् ।
प्रकाशित मितिः २०७४ असो ३
वि.सं.२०७४ असोज ३ मंगलवार १३:१७ मा प्रकाशित