back
NMB ad

चरम यातना भोगिरहेकी चेलीको ७ वर्षपछि उद्दार

Kumari bank ad

साउदी अरब । सरकारले साउदी अरबसँग घरेलु (महिला) कामदार ल्याउने सम्बन्धी श्रम सम्झौताको तयारी गरिरहेकै बेला सात वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरिएको छ।

दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा साउदी आइपुगेकी मोरङ, सुन्दरपुरकी ३० वर्षीय मनमाया गुरुङको जेद्धास्थित रहेको नेपाली महावाणिज्य दूतावासको पहलमा उद्धार गरिएको हो।

जेद्धाबाट करिब ४०० किलोमिटरको दुरीमापर्ने ताइफस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित मनमायालाई उद्वार गरी मङ्गलबार नै स्वदेश पठाइएको कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेलले जानकारी दिए।

एकसाता देखिको निरन्तर प्रयासपछि उनको उद्वार सम्भव भएको पौडेलले बताए। ुमनमायाको भाइमार्फत बन्दी बनाइएको जानकारी पाएपछि हामीले साउदी नागरिकको घरमा टेलिफोन गरेर बुझ्ने प्रयास गयौं, तर साउदी नागरिकले आफ्नो घरमा कोही पनि नेपाली महिला कामदार नभएको जिकिर गर्‍यो। त्यसपछि प्रहरी प्रशासन ल्याउने र कारबाही गर्ने जस्ता दबाब दिन थालेपछि साउदी नागरिकले मनमाया आफ्नो घरमा भएको स्वीकार गर्‍योु पौडेलले भने।

दबाबपछि साउदी नागरिकले सोमबार दूतावासको कार्यालयमै मनमायालाई लिएर आएको हो। उसले १० वर्षको भिसा लगाएर ल्याएको भन्दै अझै तीन वर्ष स्वदेश जान नदिने जिकिर गरेको थियो,पौडेलले भने। दूतावास आइपूगेकी मनमायाको स्वास्थ्यस्थिति निकै कमजोर थियो। वर्षौदेखिको बन्दी जीवनले उनी नेपाली भाषा समेत राम्रोसँग बोल्न नसक्ने अवस्थामा पुगेकी छिन्।

मनमायाले तीन वर्षदेखि काम गरेको तलबसमेत पाएकी छैनन्। दूतावासको आग्रहलाई स्वीकार गरी साउदी नागरिकले मनमायालाई स्वदेश फर्काउन सहमत भएको र उनलाई दिनुपर्ने बाँकी तलब १३ हजार साउदी रियल समेत भूक्तानी गरेको पौडेलले जानकारी दिए। पौडेलका अनुसार दूतावास आइपूगेकी मनमायाले आत्महत्या गर्ने भन्दै तरल पर्दाथसहितको सिसी लिएर आएकी थिइन्।

उनलाई धेरै चिन्तित नहुन र गलत काम नगर्न दूतावासका कर्मचारीले सम्झाइबुझाई गरेका थिए। उद्धार गरिएकी मनमायालाई आवश्यक यात्रा अनुमतिपत्र बनाई मङ्गलबार नै कतार ऐयरवेयज मार्फत् स्वदेश पठाइएको हो।

पीडित मनमायाको स्वदेश फिर्तीका लागि साउदी नागरिकले हवाई टिकटको समेत व्यवस्था गरेको दूतावासले जनाएको छ। सात वर्षअघि विदेसिएकी मनमायाको चार वर्षदेखि घरपरिवारसँग सम्पर्क हुनसकेको थिएन। साउदीमै रहेका उनका भाइ पूर्णबहादुर गुरुङले दुई साताअघि मात्र दूतावासलाई आफ्नी दिदीको खोजी गरी उद्धार गरिदिन आग्रह गरेका थिए।

वर्षौपछि दिदीलाई भेट्न पाउदा र दिदीको सकुशल उद्वार गरी स्वदेश पठाउन पाउँदा निकै खुसी लागेको गुरुङले प्रतिक्रिया दिइन्। सात वर्षको बन्दी जीवनले दिदीको मानसिक सन्तुलनमा समेत असर पुगेको उनले बताइन्।

स्वदेश फर्कने आशासमेत मारेकी मनमाया अन्ततः स्वदेश फर्कन सफल भएकी छिन्। उनको परिवारमा श्रीमान्, एक छोरा र एक छोरी छन्।

सरकारले साउदी अरबसँग घरेलु ९महिला० कामदार सम्बन्धी श्रम सम्झौता प्रक्रिया अगाडि बढाइरहेको भएपनि पछिल्लो समय भने महिला कामदार असुरक्षित रहेको यस्ता घटना सार्वजनिक भइरहेका छन्। रोजगारीका लागि यहाँ आउने अधिकांश घरेलु महिला कामदार शारिरीक, मानसिक तथा यौन हिंसालगायतका घटनाबाट पीडित बन्ने गरेका छन्।

महिला कामदारको सुरक्षाको पूर्णरुपमा प्रत्याभूति नभएसम्म घरेलु कामदार सम्बन्धी श्रम सम्झौता गरिए थप समस्या निम्तिने देखिन्छ।

साउदी अरबमा घरेलु महिला कामदारमाथि शारिरीक, मानसिक तथा यौन हिंसा चर्को भएपछि सरकारले हाल साउदी आउन घरेलु महिला कामदारलाई प्रतिबन्ध लगाएको जनाए पनि मानव तस्कर मार्फत् गैरकानुनी बाटो हुँदै साउदी आउने क्रम भने रोकिएको छैन।

आप्रवासी महिला कामदारलाई असुरक्षित र अमर्यादित काममा लगाइनु, तलब सेवा सुविधाबाट वञ्चित गरिनु, घरपरिवारसँग सम्र्पक गर्न नदिनु तथा बन्दी बनाइनुलगायतका समस्याका कारण अन्य देशले समेत साउदीमा महिला कामदार पठाउन बन्देज लगाएको बताइएको छ।
अर्कैको राहदानी बोकेर साउदी पुगेकी थिइन् मनमाया

उद्धार गरिएकी मनमाया भएपनि उनी अर्कैको राहदानी मार्फत साउदी अरब आएको रहस्य खुलेको छ उनी आफ्नो नामको राहदानीबाट नभई सुमित्रा चौधरीको नाममा जारी भएको राहदानीमार्फत साउदी आएको बुझिएको छ।

नाम अर्कैको उल्लेख भएको राहदानी भए पनि फोटो भने मनमाया कै टाँसिएको दूतावाले जनाएको छ। राहदानीको दुरुपयोग गरी मावन तस्करले दिल्लीको बाटो हुँदै गैरकानुनी ढङ्गबाट सहजै रुपमा मनमायालाई साउदी पुर्‍याएको देखिन्छ। उक्त राहदानी सुनसरीबाट जारी गरिएको छ। रासस

४ चैत २०७२, ८।००

वि.सं.२०७२ चैत ४ बिहीवार १२:०२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...