काठमाण्डौं । कृषि कामदारले कोरियामा लिनुपर्ने तालिमको कोटा सिमित भए पछि दुई महिना देखि नेपालबाट जाने करिब ६ सय कृषि कामदार रोकिएका छन् ।
पहिले एक साता भित्रै भिसा पाउने र अन्य प्रक्रिया पुरा गर्नासाथ कामदार कोरिया जान पाउँथे । यस पटक भिसा पाएको दुई महिना भन्दा बढी समय लागि सकेको छ । भिसा लागेका र अनुमानित उडान सूचिमा नाम परेका कृषि कामदारको पाँच पटक सम्म उडान तालिका परिवर्तन भैसकेको छ ।
यो वर्ष ६ महिनाको अवधिमा ५ हजार ६ सय १२ कामदारको श्रम सम्झौता भएकोमा ५ हजार २८ जना कोरिया पुगिसकेको र बाँकी रहेका ५ सय ८४ जना कामदार जान बाँकी छ । यी मध्ये अधिकांस कृषिक्षेत्रका कामदार रहेका छन् । भिसा लागेका र अनुमानित उडान सूचिमा नाम परेका कृषि कामदारको पाँच पटक सम्म उडान तालिका परिवर्तन भैसकेको छ ।
२७ असार २०७३, ९।००
वि.सं.२०७३ असार २७ सोमवार ११:०५ मा प्रकाशित