back
NMB ad

विचल्लीमा ९० नेपाली, तपाईका आफन्त त परेनन् ?

Kumari bank ad

साउदी अरब । सम्झौताअनुसार काम र सेवा सुविधा नपाउँदा यहाँ आएका ८७ जना नेपाली कामदार बिचल्लीमा परेका छन् ।

ललितपुरको कुपण्डोलस्थित ‘एसिई इम्प्लोयमेन्ट ब्यूरो प्रालि’ म्यानपावर कम्पनीमार्फत चार महिनाअघि साउदीको रियादमा रहेको ‘अलजिसेर अल अमल’कम्पनीमा आएका नेपाली कामदारहरू बिचल्लीमा परेका हुन् । सेवा सुविधा नपाएको गुनासो गर्दा उल्टै कम्पनीले विभिन्न किसिमका धम्की दिने गरेको पीडितले बताएका छन् ।

जुस उत्पादक कम्पनी भएकाले राम्रो कमाई हुने प्रलोभनमा पारेर ती कामदारलाई साउदी पठाइएको भए पनि अहिले उनीहरू बेरोजगार बनेका छन् । कमाइ नभएपछि उनीहरूलाई खानबस्न समेत मुश्किल भइरहेको छ ।

“सम्झौताअनुसार काम र तलब देउ, हैन भने स्वदेश फिर्ता पठाईदेउ भन्दा कम्पनीले सुनवाई गरेको छैन” बर्दियाका कर्णबहादुर शाहीले भन्नुभयो । नेपाली कामदारलाई सो कम्पनीले विभिन्न किकिमका धम्की दिने गरेको पीडितको भनाइ छ ।

म्यानपावर कम्पनीले उनीहरूलाई मासिक एकहजार ३०० साउदी रियाल कमाई हुने आश्वासन दिएको भए पनि हालसम्म ७०० रियाल मात्र पाएको पीडित कामदारले बताएका छन् । कामदारबाट कम्पनीले झुटो आश्वासन दिएर प्रतिव्यक्ति रु एक लाखदेखि रु एकलाख ३० हजारसम्म रकम असुलेको सप्तरीका दीपेन्द्र चौधरीले बताउनुभयो ।

“तीन महिनादेखि काम गर्न पाएका छैनौँ, स्वदेश फर्कन्छु भन्दा उल्टै कुटपिट गर्ने गरेका छन्” उहाँले भन्नुभयो । स्वदेश फर्कनका लगि २० हजार साउदी रियाल तिर्नुपर्ने अन्यथा स्वदेश फर्कन नदिने धम्की दिएको पीडित चौधरी बताउनुहुन्छ ।

कम्पनीले हालसम्म आवास अनुमतिपत्र उपलब्ध नगराउँदा नेपाली कामदारहरू गैरकानुनी रुपमा बस्न बाध्य छन् । “आवास अनुमतिपत्र नबनेकै कारण बीमासमेत हुन नसक्दा औषधि उपचारबाट वञ्चित छौँ” दाङ, तुलसीपुरका ताराप्रसाद चौधरीले भन्नुभयो ।

गैर आवासीय नेपाली सङ्घ साउदीका अध्यक्ष नारायण पासवान पीडित नेपाली कामदारको उद्धारका लागि दूतावासलाई आग्रह गर्दै आएको बताउनुहुन्छ । सरकारले खाडी मुलुक आउने कामदारका लागि ‘फ्रि भिसा फ्र टिकट’ लागू भएको जनाए पनि यहाँ आउने नेपाली कामदार भने लाखौँं रुपैयाँ तिर्न बाध्य भइरहेका छन् । उनीस्हरूले भनेअनुसारको काम र सेवा सुविधा पाउन नसक्दा थप समस्या झेल्नु परेको छ ।

१९ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १९ शुक्रवार १२:५९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...