काठमाण्डौं । उर्जा मन्त्रालयले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा लगानी गर्नको लागि अनलाइन व्यवस्था गरिएको छ। सर्वसाधारणले लगानी गर्न चाहेमा त्यसको लागि कुनै पनि ठाउँमा लाइन नलागेर अनलाइनबाट सेयर आवेदन भर्नको लागि छुट्टै वेबसाइट सार्वजनिक गरिएको छ।
देशभित्र वा बाहिर जहाँ भएपनि इच्छुक व्यक्ति तथा कम्पनीले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता व्यक्त गर्नुपर्ने छ। यसरी आएको लगानीको प्रतिबद्धताको आधारमा निर्माण गर्न सकिने आयोजना छनौट गरी त्यसको जानकारी लगानीकर्तालाई दिइने छ ।
यसका लागि सबैभन्दा पहिला वेवसाइट लगइन गर्ने । त्यसपछि एउटा खाता खोल्ने जसको लागि तपाईलाई इमेल ठेगाना भए मात्र पुग्छ । त्यसपछि वेवसाइट खुल्छ। आफ्नो व्यक्तिगत विवरण र त्यसपछिका ६ वटा स्टेप फारम भरेपछि अन्तिममा फारम समावेश हुन्छ।
२५ पुस २०७३, १।००
वि.सं.२०७३ पुस २५ सोमवार १४:१७ मा प्रकाशित