back
NMB ad

शेयर बजारलार्इ घटाउने रहस्य के ? कहिले फर्कन्छ पुरानै लयमा ?

Kumari bank ad

काठमाडौं। उच्च बिन्दुमा रहेको नेप्से लगातार घटेर न्युन बिन्दुमा आउन भेरै समय लागेन । पछिल्लो समय बैङ्किङ क्षेत्रमा देखिएका कतिपय समस्या समाधान भैसकेका छन् । तर सेयर बजार भने पुरानो लयमा जाने सुरसारमा देखिदैन । पछिल्ला दिनहरुमा केहि मात्रामा सधार आएपनी सेयरबजारमा अझै कारोबारमा उल्लेख्य सुधार देखिदैन । नेपाल स्टक एक्सचेन्जले दोस्रो बजारमा लगानीकर्ता भित्र्याउने पहलका कुराले बजारलार्इ धिमा गतिमा रिकभर गरिरहेको छ।

लगातार ओरालो लागेको बजार केहि करेक्सन हुने क्रममा पाँच दिन देखि बजार बढिरहेको छ। पाँच दिनमा ३९.४६ अंकले करेक्सन भएको छ। नेपाल स्टक एक्सचेन्जले सरकारी संस्थाहरुको पैसा शेयर बजारमा ल्याउने पहल गर्ने समाचारले पनि मंगलबारको बजारलार्इ भरथेग विश्लेषकहरुको भनाई छ।

मंगलबारको कारोबार सुरुवात देखिनै बढ्न थालेको थियो। ११ः५५ बजे बजार लगातार उकालो लागेको भए पनि केही समय थोरै अंक झर्यो तर २५ मिनेट सम्ममा तीन अंक मात्रै झर्दा १४५० थियो यसैमा बजार सम्हालिएर पुनः गति लियो र अन्तिम सम्ममा बजार १२.२७ अंकको बृद्धि सहित १४५६.०७ अंकमा रोकियो।

सबै सूचक तथा उप सूचक उकालो लागेपनि उत्पादनमूलक समूह भने ३.११ अंकले ओरालो लाग्यो। मंगलबार सबैभन्दा धेरै होटल समूह २.८५ प्रतिशतले उकालो लाग्यो। साथै वाणिज्य बैंक १.०४, माइक्रोफाइनान्स १.०३, विकास बैक ०.८९, ट्रेडिङ ०.६६, हाइड्रोपावर ०.३१, इन्स्योरेन्स ०.४५ अन्य ०।६३, फाइनान्स ०.०९ प्रतिशतले उकालो लागेको छ।

मंगलबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ३६ लाख रुपैयाँको कारोबार भयो। साथै मंगलबारको करोबारमा बेस्ट फाइनान्सका शेयरधनीले ६.११ प्रतिशतले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९.९८ प्रतिशतले गुमाए।

२०७४ पुष २५ गते प्रकाशित

वि.सं.२०७४ पुस २५ मंगलवार १६:२१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...