back
NMB ad

किन रोकियो नेप्सेमा एकै पटक १४ कम्पनीको सेयर कारोबार ? हेर्नुहोस्

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले बुधबार एकै पटक १४ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले यी कम्पनीहरुले वार्षिक सूचीकरण शुल्क नबुझाएका कारण सेयर कारोबारमा रोक लगाएको हो ।

कारोबार रोक्का हुने कम्पनीमा हाम्रो विकास बैंक, सिभिल लघुवित्त, काबेली विकास बैंक र कन्काई विकास बैंक, कर्णाली विकास बैंक, नागबेली लघुवित्त, महिला सहयात्रा, ललितपुर फाइनान्स र नेसनल माइक्रोफाइनान्सको पनि कारोबार रोकिएको छ । कुबेर मचेन्ट फाइनान्स, समता माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर र युनिलिभर नेपालको सेयर कारोबारमा पनि रोक लगाइएको छ ।

सूचीकृत कम्पनीहरुले नेप्सेलाई आफ्नो चुक्ता पुँजीको आधारमा सूचीकरण शुल्क बुझाउनुपर्ने हुन्छ । चुक्ता पुँजी १ करोडसम्म हुने कम्पनीले १५ हजार रुपैयाँ र १ करोडदेखि ५ करोड रुपैयाँसम्म भएका कम्पनीले २५ हजार रुपैयाँ सूचीकरण शुल्क तिर्नुपर्ने हुन्छ । यता, ५ करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ३५ हजार रुपैयाँ र १० करोडदेखि माथि चुक्ता पुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ सूचीकरण शुल्क बुझाउनुपर्छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १

वि.सं.२०७४ कात्तिक १ बुधवार ११:३७ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...