back
NMB ad

साताको नेप्से परिसूचक ११.५२ अंकले घट्यो

Kumari bank ad

काठमाडौ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.५२ अंकले घटेर अन्तिम दिन १६५३.५३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको कारोबार भएको हो ।

जस अनुसार ३४७७३ कारोबारबाट तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७.३० प्रतिशत कम हो ।
गत साता १६७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४४४८८ कारोबारबाट पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.०८ अंकले घटेर ३४७.०३ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (१९ करोड ५३ लाख १० हजार रुपैयाँ) को आधारमा नागरीक लगानी कोष अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (३१ लाख २७ हजार कित्ता) को आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१७६१ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन २८

वि.सं.२०७४ साउन २८ शनिवार १२:०६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...