काठमाडौ । साताको चौथो कारोबार दिन सेयर बजार ११.९४ अंकले बढेर १५६६.५० अंकमा कायम भएको छ ।
दिनभरिमा १६४ वटा कम्पनीको १६ लाख ४३ हजार २ सय ५९ कित्ता सेयर ८ हजार ५ सय ४५ पटक खरिदविक्री हुँदा ८३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ
आज उत्पादन समूहमा बाहेक अरु सबै समूहमा हरियाली छाएको छ । बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, इन्स्योरेन्स, होटल, र अन्य समूहमा हरियाली छाएको हो ।
प्रकाशित मितिः२०७४ भाद्र २१
वि.सं.२०७४ भदौ २१ बुधवार १६:१५ मा प्रकाशित