Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

सरकार फेरिएसँगै सेयर बजारमा निरन्तर लालझण्डा,किन भयो यस्तो ?

June 8, 2017

stop sign share market

काठमाडौ। नेपाल स्टक एक्सचेन्जमा बिहिबार कारोबार खुलेदेखि नै लगातार घटेको नेप्से परिसूचक अन्ततः ७.९४ अंकले घटेर बजार बन्द भएको छ। साताको अन्तिम दिनको कारोबार मापक सूचक १६१५.१९ अंक कायम भएको हो।

यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७९ अंकले घटेर ३४३.१२ अंकमा कायम हुन आएको छ ।आज कारोबारमा आएका सबै उपसूचक घटेको छ । बैंकिङ ७.४१, होटल ४०.४६, विकास बैंक ०.८७, जलबिद्युतत ३.५४, फाइनान्स ७.७२, बीमा ३९.८, उतपादन मुलक १७.६ र अन्य ६.६५ अंकले घटेको छ ।

बिहीबार १४९ कम्पनीका आठ लाख कित्ता शेयर ४८ करोड ९७ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । आज सबैभन्दा बढी स्ट्यार्डड चाटर्ड बैंकको तीन करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो भएको छ । कम्पनीको २ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो ।

प्रकाशित मितिः २०७४ जेठ २५

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु