back
NMB ad

सेयर बजार लगातार घट्दै गएपछि नेप्सेले लगातीकर्तालाई नआतिन सुझायो(नेप्सेको विज्ञप्तीसहित)

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्स्चेञ्ज नेप्सेले सेयर बजार निरन्तर घटेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेप्सेले आईतबार एक विज्ञप्ती जारी गरि सेयर बजारको घट्दो प्रबृत्तिबाट हतोत्साहित नहुन लगानीकर्तालाई आग्रह गरेको छ ।

विज्ञप्ति मार्फत लगानीकर्तालाई मनोबल उच्च पार्न भन्दै नेप्सेले बजारमा कारोबार गर्दा ध्यान दिन पनि आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र तरलताको अवस्था सन्तोषजनक रहेको हुँदा वित्तीय क्षेत्रको प्रभुत्व रहेको बजारमा लगानीकर्ता हतोत्साहित हुननपर्ने नेप्सेको भनाई रहेको छ । यसैगरि नेप्सेले कुनै पनि हल्ला र प्रचारबाजीको पछि नलाग्न पनि लगानीकर्तालाई सतर्क गराएको छ ।

नेप्सेले लगानीकर्तालाई खदिरबिक्री निर्णय गर्दा हल्लाको भरमा नलागी विवेक सम्मत रुपमा निर्णय गर्न आग्रह गरेको छ । नेप्सेले मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति, त्यसले पार्नै प्रभावको विश्लेषण, सम्बद्ध कम्पनीको अद्यावधिक वित्तीय स्थिति, व्यवस्थापन पक्ष, सम्भाब्य जोखिम तथा प्रतिफल , लाभांस बजार मुल्यको अनुपात लगायतका बिषयहरु ध्यान दिन पनि सुझाएको छ ।

साथै नेप्सेले क्लियरिङ बैंक थप्ने, धितोपत्र दलालको कार्यक्षेत्र विस्तार गर्ने, पुँजीबजार सुधारका लागि विनियमावलि तथा कार्यविधिको तर्जुमा गर्ने, संस्थागत लगानीकर्ताको उपस्थिति बढाउने, अनलाइन टे«डिङको स्थापना गर्ने लगायतका काम भइरहेको पनि जानकारी गराएको छ ।

नेप्सेले जारी गरेको विज्ञप्ती यहाँ क्लिक गरि पुरै पढ्नुस् 

वि.सं.२०७३ मंसिर १२ आइतवार १७:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...