back
NMB ad

फेरी तुहियो लगानीकर्ताको आशा, शेयर बजार राताम्मै, टिकेन हरियो चमक

Kumari bank ad

काठमाडौ । लामो समय पछी बौरिएको सेयरबजारको चमक पुन सेलाएको छ । गएको दुई दिन उकालो लागेको बजार पुन आरालो लागेपछी थोरै पलाएको लगानीकर्ताको आशा फेरी तुहिएको छ । गएका दुई साता निरन्तर ओरालो लागेको सेयरबजारमा यो साताको दोस्रो र तेस्रो दिन हरियाली छाएपनि बुधबारको बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबारमा आएका सबै समूह ओरालो लागेपछि नेप्से सूचकका साथै कारोबार रकममा गिरावट आएको हो।

बुधबार नेप्से २०.६३ अंकले घटेर १४१६.६१ अंकमा झरेको छ । सोमबार र मंगलबार बढेको बजार बुधबार घटेको हो । सोमबार नेप्से ४४ अंक तथा मंगलबार २.४४ अंकले बढेको थियो । कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेपछि बजार दोहोरो अंकले घटेको हो।

बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम कम भएको भन्दै शेयर मार्जिन कर्जामा कडाई गर्न थालेपछि सेयर कारोबारमा गिरावट आएको हो । साथै यतिबेला प्राथमिक बजारमा निष्सकासन भएको प्रिमियर इन्स्योरेन्स र एनआइसि एशिया बैंकले जारी गरेको डिबेन्चरमा समेत ठूलो रकम गएकाले दोस्रो बजारको कारोबार प्रभावित भएको छ ।

बुधबार १५५ कम्पनीको ४४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १९ करोड कम हो । बजार २० अंकले घट्दा समग्र बजार पूँजीकरण २४ अर्बले घटेर १६ खर्ब ४८ अर्ब कायम भएको छ ।

बुधबारको कारोबारमा सबैभन्दा बढी नेपाल टेलिकमको ४ करोड ३० लाख बराबरको कारोबार भयो । स्ट्याडार्ण्ड चार्टर्ड बैंकको झण्डै चार करोड रुपैयाँको कारोबार हुँदा प्रभु बैंकको ३ करोड ८७ लाखको किनबेच भयो ।

प्रिमियर इन्स्योरेन्सको एफपीओमै एक अर्ब बढीको आवेदन परेको छ । एनआईसि एशियाको डिबेन्चरमा पनि साढे दुई अर्ब बढीको आवेदन परेको प्रारम्भिक तथ्याकं आएको छ । दोस्रो बजारमा लगानी हुने रकम प्राथमिक बजारतर्फ गएकाले पनि सेयर कारोबारमा केही गिरावट आएको विश्लेषण गरिएको छ । त्यस्तै बैंक अफ काठमाडौको लिलामीको संस्थापक सेयर नपरेको रकम फिर्ता गर्ने क्रम सुरु भएपनि उक्त रकम बजारमा आइनसकेकाले पनि कारोबार कम भएको हो।

त्यस्तै चालु आर्थि बर्षको दोस्रो त्रैमासको अन्त्यमा सरकारलाई कर बुझाउनु पर्ने दायीत्वका कारण पनि यस अवधिमा करका लागी ठूलो रकम जाने गरेको छ । पुसमा सरकारलाई झण्डै ६५ अर्ब राजस्व बुझाउनुपर्ने भएकोले बजारमा रकम अभाव हुदा सेयर कारोबार कमी आएको बताइन्छ ।

यसदिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल २९, माइक्रोफाइनान्स २६.६८, हाइड्रोपावर २६.०१, अन्य समूहको १९, विकास बैंकको १७ र बैंकिङ समूहको परिसूचक १६ अंकले ओरालो लागेका छन् ।

बुधबार मल्टीपरपोज फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन् भने मिथिला लघुवित्तको ६ प्रतिशतले ओरालो लागेको छ । खानिखोला, कर्णाली डेभलपेमन्ट बैंक तथा रिडी हाइड्रो लगायतका कम्पनीले गुमाएका छन् ।

२०७४ पुष १९ गते प्रकाशित

वि.सं.२०७४ पुस १९ बुधवार १६:२१ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...