back
NMB ad

तीन कम्पनीले ल्याउँदैछन् अर्बौंको सेयर, तपाई कुनमा लगानी गर्ने ?

Kumari bank ad

काठमाण्डौं । धितोपत्र बोर्डमा एक वाणिज्य बैंक सहित तीन कम्पनीले हकप्रद सेयर निष्कासनको लागि आवेदन दर्ता गराएका छन् । सिद्धार्थ बैंक, एनएमबी माइक्रो फाइनान्स र मितेरी डेभलपमेण्ट बैंकले सेयर निस्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।

सिद्धार्थ बैंकले आफ्ना सेयर धनीलाई पच्चिस प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव लगेको छ । बैंकले ७५ करोड ५५ लाख रुपैयाँ बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । विजनेश युनिभर्सलाई गाभेको बैंकको ३ अर्ब ३ करोड चुक्तापूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुग्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

यस्तै, एनएमबी माइक्रो फाइनान्सले ५ करोड ५२ लाख रुपैयाँ बराबरको ५ लाख ५२ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एकसय बिस प्रतिशत हकप्रद सेयर निष्काशनको लागि आवेदन दिएको हो । यो कम्पनीको पनि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

त्यसैगरी, मितेरी डेभलपेमन्ट बैंकले पचास प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । मितेरीले १० करोड ५६ लाखरुपैयाँ बराबरको १० लाख ५६ हजार ३६९ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको छ । मितेरीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्रोमर मर्चेन्ट बैंकर रहेको छ ।

१२ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १२ बुधवार १०:४८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...