back
NMB ad

साताको नेप्से परिसूचक ८.१३ अंकले घट्यो

Kumari bank ad

काठमाडौ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८.१३ अंकले घटेर अन्तिम दिन १५३९.८१ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार १८१५२ कारोबारबाट एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार रुपैयाँ बराबरका ६७ लाख १५ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५०.३४ प्रतिशत कम हो ।

गत साता १७७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३५८४४ कारोबारबाट तिन अर्ब ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरका ६८ लाख चार हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५३ अंकले घटेर ३२३.११ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (२८ करोड ९० लाख ९० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ६२ हजार कित्ता) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (९११ वटा) को आधारमा सानिमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रकाशित मितिः २०७४ असोज ७

वि.सं.२०७४ असोज ७ शनिवार १५:३५ मा प्रकाशित

You can share this post!

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...