back
NMB ad

आज सेयर बजार ४१ अंकले घट्यो, कारोबार पनि १८ करोड कम !

Kumari bank ad

काठमाण्डौं । आज साताको पहिलो दिन आइतबार नेप्से करिब ४१ अंकले घटेर १७३३.९३ अंकले झर्न पुगेको छ । कारोबारमा आएका सबै समूहको सूचकमा गिरावट आएपछि बजार उच्च अंकले झरेको हो ।

आइतबार १४० कम्पनीको एक अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो सताको कारोबारको तुलनामा कारोबार रकम पनि १८ करोड रुपैयाँले कम हो ।

कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेपछि घटेको बजारमा सबैभन्दा धेरै बीमा समुहको परिसुचक २३३ अंकले ओरालो लागेको छ । त्यस्तै होटल १०७, जलविद्युत ६४, विकास बैंक ४३, वाणिज्य बैंक ३६, अन्य २० र फाइनान्स १७ अंकले ओरालो लागेको छ ।

यसदिन एनबी बैंकको सबैभन्दा धेरै ७ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एभरेष्ट, सिद्धार्थ, अरुणभ्याली हाइड्रो र नेपाल बैंकको पनि चार करोड बढीको कारोबार भएको छ । टुरिजम डेभलपमेन्ट बैंक, एनएमबी, ग्लोबल आइएमइ र इनभेष्टमेन्ट बैंकको पनि ३ करोड बढीको सेयर किनबेच भएको छ ।
३० साउन २०७३, ४।००

वि.सं.२०७३ साउन ३० आइतवार १६:२५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:१६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५८

फुङ्लिङ (ताप्लेजुङ), ६ वैशाख : ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र...