काठमाडौ । आइतबार बजार खुलेदेखि नै ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक अन्तमा २४ दशमलव २० अंकले घट्न पुग्यो । जसमा बैंक, होटल्स, विकास बैंक, जलविद्युत, बीमा र फाइनान्स समुहका परिसुचक ओरालो लागेका छन् भने अतिरिक्त र उत्पादनमुलक समुहका परिसुचक भने सामान्य उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी बीमा समुहको १ सय १२ अंकले घट्न पुगेको छ भने बजारमा सबैभन्दा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचकमा २८ अंकको गिरावट आएको छ ।
विकास बैंक समुह २२ दशमलव ४४ अंकले घट्दा फाइनान्स समुहको परिसुचक झण्डै ११ अंकले ओरालो लागेको छ । यसैगरी जलविद्युत समुह ३२ अंकले घट्दा होटल समुहको परिसुचक २४ अंकको गिरावट आएको छ ।
बजारमा नेप्से परिसुचकका साथै कारोवार रकम पनि ओरालो लागेको छ । दिनभर बजारमा ६९ करोड २३ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । जसमा १ सय ४१ कम्पनीको ९ लाख ९९ हजार ७१२ कित्ता सेयर खरिदविक्री भएको छ । आइतबार सबैभन्दा बढी नेपाल एसबीआई बैंकको ६ करोड २१ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।
राजनीतिक रुपमा देखिएको टकराबले पनि सेयर बजारलाई सकारात्मक बनाउन नसकेको विष्लेषण गरिएको छ ।
प्रकाशित मितिः २०७४ बैशाख २४
वि.सं.२०७४ वैशाख २४ आइतवार १५:५१ मा प्रकाशित