काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्से ४.५१ अंकले उकालो लागेको छ । आइतबार कारोबारमा आएका १६५ कम्पनीको २७ लाख २६ हजार ८२ कित्ता सेयर बाट ८१ करोड ५१ लाख ६४ हजार ८३७ रुपैंया भन्दा बढिको कारोबार भएको छ।
आइतबार फाइनान्स, विमा र अन्य समूह बाहेक अरु सबै समुहले कमाएका छन् ।
यसदिन नबिल बैंकमा सर्वसाधारणहरु झुम्मिएका छन् । आईतबार नबिल बैंकको मात्रै ५ करोड ५३ लाख रुपैंयाभन्दा बढिको कारोबार भएको छ ।
प्रकाशित मितिः २०७४ भाद्र ११
वि.सं.२०७४ भदौ ११ आइतवार १६:२३ मा प्रकाशित