काठमाण्डौं । सेयर बजार सुचक तीन प्रतिशतले बढेपछि १५ मिनेटलाई कारोबार स्थगित भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार खुलेको आधा घन्टासमेत नपुग्दै सुचक तीन प्रतिशतले उक्लिएको थियो।
१५ मिनेट कारोबार स्थगनपछि बजार फेरि सुचारु भएको छ । सर्किट ब्रेक भन्दा पहिले नै सुचक ४७ अंकले बढेको थियो भने ८३ कम्पनीको नौं करोड रुपैयाँको किनबेच भएको थियो । अहिले १५ मिनेटको ब्रेक खुलेपछि पनि बजार उक्लिनै रहेको छ।
१५ चैत २०७३, ११।५०
वि.सं.२०७३ चैत १५ मंगलवार ११:४१ मा प्रकाशित