काठमाडौ । सेयर बजार पाँच प्रतिशतले बढेपछि आइतबारका लागि कारोबार रोक्का भएको छ । बजार पाँच प्रतिशतले बढेपछि नेप्सेले सर्किट ब्रेकर लगाएर दिनभरका लागि कारोबार बन्द गरेको हो । अब बजार सोमबार ११ बजेमात्र खुल्नेछ ।
यसअघि बजार चार प्रतिशतले बढेपछि आधा घन्टाका लागि सर्किट ब्रेकर लगाएर कारोबार रोकिएको थियो । बिमा कम्पनीहरुको सेयर भाउमा उछाल आएपछि सर्किट ब्रेकर लाग्ने अवस्थामा आइपुगेको हो । बजार बन्द हुँदा नेप्से सूचक १६६७.११ मा आइपुगेको छ । बिमा सूचक ७३३.३७ ले बढेको छ । बैंकसहित अन्य समूहका सेयर भाउ पनि बढेका छन् । बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछि लगानीकर्ता हौसिएका हुन् ।
प्रकाशित मितिः २०७३ चैत २०
वि.सं.२०७३ चैत २० आइतवार १३:४१ मा प्रकाशित