back
NMB ad

नेप्सेले नाघ्यो १७ सय अंक, तापनि गुमाउनेमा को–को परे ?

Kumari bank ad

काठमाडौ । शेयर बजार परिसूचक नेप्से आज करिब ३४ अंकले बढेर १७ सय अंक नाघेको छ । नेप्से म‌ंगलबार ३३ दशमलव ६ अंकले बढेर १७ सय ०९ दशमलव ८२ अंकमा पुगेको छ ।

म‌गलबार सबैभन्दा धेरै बिमा समुह १ सय १ दशमलव ८८ अंकले बढको छ । त्यस्तै, विकास बैंक ५६ दशमलव ७, बैंकिङ ३७ दशमलव ५६, उत्पादन २१ दशमलव ६, जलविद्युत १४ दशमलव ५३, वित्त १३ दशमलव ९८, होटल ९ दशमलव ६२, र अन्य समूह शुन्य दशमलव २९ अंकले बढेको छ ।

म‌ंगलबार कारोबार रकम पनि बढेको छ । कारोबार रकम हिजोभन्दा झण्डै २८ करोड रुपैयाँले बढेर १ अर्ब ९० करोड भन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । म‌ंगलबार एनसिसि बैंकको शेयर ९ करोड भन्दा धेरैको कारोबार भएको छ ।

मंगलबार अपि हाइड्रो र लक्ष्मी लघुवित्तका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् भने आइएलएफसिओ वित्तीय संस्था, तिनाउ विकास बैंक, बोटलर्स नेपाल, सूर्य लाइफ रिलायवल माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, ग्रीन डेभलपमेण्ट बैंक लगायत कम्पनीको शेयर पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ ।

समग्र बजार बढेपनि आज खानीखोला जलविद्युत, सेती फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, बुटवल पावर, सिन्धु विकास बैंक लगायतको शेयर मूल्य भने घटेको छ ।

प्रकाशित मितिः २०७३ चैत २९

वि.सं.२०७३ चैत २९ मंगलवार १५:५८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...