back
NMB ad

नेप्से १७ सय अंकबाट तल ओर्लियो, सबै समूहमा दोहोरो अंकको गिरावटले लगानीकर्ता निराश

Kumari bank ad

काठमाडौ । बुधबार सेयर बजार परिसूचक नेप्से २७.६३ अंकले घटेर १६९६.८६ अंकमा आईपुगेको छ ।

यसदिन कारोबार रकम समेत घटेको छ। बजारमा दिनभरीमा १२७ कम्पनीका ६८ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
कारोबार भएका सबै समूह दोहोरो अंकले घटेपछि समग्र बजार नै प्रभावित भएको देखिन्छ । सबैभन्दा धेरै बीमा समूह १५८.८६ अंकले घटेको छ भने होटल ६३.७५ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः २४.७, ३५.९, ३७.५, १० र ११.२८ अंकले घटेका छन् ।

कारोबारका आधारमा बुधबार सिभिल बैंकको कारोबार अग्रस्थानमा छ, जसको तीन करोड ९२ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको क्रमश तीन करोड ६८ लाख र ३ करोड ६२ लाख रुपैंयाको कारोबार भई दोस्रो र तेस्रो स्थानमा देखिएका छन् ।
नेशनल लाइफ इन्स्योरेन्सको कम्पनीको तीन करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको दुई करोड ६९ लाख रुपैयाँको कारोबार हुँदा मुक्तिनाथ विकास बैंकको एक करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको पौने दुई करोडको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको एक करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार सेयर बजारमा मात्र हैन विश्व अर्थतन्त्र नै प्रभावित बनेको अवस्था छ । सबैको अनुमान विपरीत डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि विश्व सेयर बजार नै खस्किएको छ । त्यसमाथि, भारतीय ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाइएपछि त्यसको प्रभाव पनि नेपाली सेयर बजारमा देखिएको छ । यसको प्रभाव लामो समयसम्म रहने अनुमान गरिएको छ । बजारबाट लगानीकर्ताहरु निराश देखिएका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार १६:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...