काठमाण्डौं । दशैं बिदापछि आज पहिलो दिन खुलेको सेयर बजारका सबै सूचक ओरालो लागेका छन्। नौ दिन पछि खुलेको बजारमा सूचक र कारोबार रकम दुबै घट्न पुगेका छन् ।
आज आइतबार सेयर बजारमा ६० करोड रुपैयाँको मात्र कारोबार भएको हो । १२२ कम्पनीको सात लाख ६७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो। त्यस्तै, नेप्से परिसूचक १६.१४ अंकले घटेर १८०३.७४ अंकमा आएको छ।
३० असोज २०७३, ३।३०
वि.सं.२०७३ असोज ३० आइतवार १५:३५ मा प्रकाशित