back
NMB ad

नेप्से लगातार गिरावटमै, दुर्इ सातामा १०५ अंक गुमायो

Kumari bank ad

काठमाडौँ। दुइ साताको लगातार गिरावट पछि बजार १४१४.७८ अंकमा झरेको छ । पछिल्लो दुईसातामा बजारले १०५ अंक गुमाएको छ। साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १०.७३ अंकले घटेर १४१४.७८ अंकमा पुगेको छ।

कारोबारको सुरुवात १४२४ अंकबाट गरेको बजारले सवा एक घण्टामा १५ अंक गुमाउदै १४०९.४३ अंक छोएको थियो। त्यसपछि बढेको बजारले तीन अंक बढेर एक बजे १४२७ अंक सम्म भेट्टाएको थियो। केहि समय बढेको बजारले आफ्नो वृद्धि कायम गर्न नसक्दा बजार घटेर बन्द भएको छ।

प्रारम्भिक कारोबारमा खरिदकर्ता कम देखिएको बजारमा सुधार हुन थालेपछि कारोबार बढ्दा समग्र कारोबार रकममा सुधार देखिएको हो। बिहीबार सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको २२ करोड ८० लाख रुपैयाँको कारोबार भयो। बिहीबार स्ट्याण्डर्ड चार्टड बैंकले घोषणा गरेको शतप्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकोले लगानीकर्ता उक्त कम्पनीमा आकर्षित भएका हुन्।

लगातारको गिरावट पछी सूचक १० महिना पछाडिको बिन्दुमा धकेलिएको छ। बिगत १० महिना अघि गत चैत ६ गते बजार मापक सूचक १३८२.८२ अंकमा थियो।

बिहीबार १६२ कम्पनीका १८ लाख ६१ हजार कित्ता शेयर ८१ करोड रुपैयाँमा कारोबार भयो। यो अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ बढी हो। बुधबार करिब ७६ करोड रुपैयाँको कारोबार भएको थियो। तिब्र गतिमा घटेको बजार सुधार उन्मुख भए लगत्तै खरिद बिक्री बढेको थियो।

कारोबारमा आएका १० उपसुचाक तीन उपसूचक बढेका छन् भने सात उपसूचक घटेका छन्। ट्रेडिङ २.५२, होटल ०.३४ र अन्य ०.१४ प्रतिशतले बढेका छन्। बैंक १.३३, विकास बैंक ०.७८, जलबिद्युत ०.३४, फाइनान्स ०.०८, बीमा ०.०५, उत्पादनमुलक ०.०२ र लघुवित्त ०.१८ प्रतिशतले घटेका छन्।

२०७४ पुष १३ गते प्रकाशित

वि.सं.२०७४ पुस १३ बिहीवार १७:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...