back
NMB ad

नेप्सेमा करिब ७ अंकको गीरावट, कारोबारमा ५० प्रतिशतको वृद्धि

Kumari bank ad

काठमाडौ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.८१ अंकले घटेर अन्तिम दिन १३४७.५३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८५३३ कारोबारबाट दुई अर्ब ३० करोड २० लाख २३ हजार रुपैयाँ बराबरका ४५ लाख ७६ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५०.१५ प्रतिशत बढी हो । गत साता १५० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५७३४ कारोबारबाट एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरका ३३ लाख २० हजार पाँच सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.६७ अंकले घटेर २९२.७३ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (२७ करोड ३९ लाख १० हजार रुपैयाँ) को आधारमा ग्लोवल आइएमइ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (छ लाख ८० हजार कित्ता) को आधारमा पनि ग्लोवल आइएमइ बैंक लिमिटेड नै अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१३४६ वटा) को आधारमा भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रकाशित मितिः २०७३ फागुन २८

वि.सं.२०७३ फागुन २८ शनिवार १२:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...