काठमाण्डौं । आज सोमबारको सेयर बजारमा फाइनान्स र उत्पादनमूलुक उपसूचक बाहेक सबै ओरालो लागेपछि बजारमा नेप्से परिसूचक ७.९६ अंकले घट्दै १४५७.८८ अंकमा पुगेर बन्द भएकोछ ।
आज सेयर बजारमा फाईनान्स समुहमा ७.३६ अंक र उतपादन मुलक समूह २२.७२ अंकले बढेका थिए भने बैंक ८.६३ ,होटेल १७.४३ ,बिकास बैंक ६.६३ ,जलविद्युत २.८५ र अन्यमा ४.९२ अंकको गिरावट आएको छ ।
आज १३४ कम्पनीको ४३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भयो। यो कारोबार रकम हिजोको भन्दा १३ करोडले बढी हो ।
१० माघ २०७३, ३।४०
वि.सं.२०७३ माघ १० सोमवार १५:५० मा प्रकाशित