back
NMB ad

के कारणले घट्यो नेप्से ? बजार कता जाला अब ?

Kumari bank ad

काठमाडौ । साताको अन्तिम दिन बजार परिसूचक नेप्से ३.८० अंकले तल झरेर १६०४.३१ विन्दुमा आइपुगेको छ । यसअघि निर्वाचनपछि बजारमा पैसाको आप्रवाह बढ्ने अपेक्षा गरिएको थियो । पहिलो चरणको निर्वाचनपछि फेरि दोस्रो चरणको चुनाव पनि मिति तय भइसकेको छ । यस्तो अवस्थामा बजार सुस्त हुनुमा तरलता अभाव नै प्रमुख कारण मानिएको छ । बजार अझै कता जान्छ यसै भन्न सकिने अवस्था छैन । किनकि बजारमा सोचेभन्दा फरक परिमाण आईरहेको विश्लेषकहरु बताउँछन् ।

बिहीबार १४७ कम्पनीको ६४ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । तुलनात्मकरुपमा यो कारोबार रकम न्यून हो । कुल ११ लाख ९२ हजार ९५८ कित्ता सेयर कारोबार भएको छ । बिहिबार उत्पादनमूलक र जलविद्युतबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् ।

सबैभन्दा धेरै होटेल समूहको सूचक २५.३२ अंकले घटेको छ । यसैगरी, बिमा सूचक पनि १०.४९ अंकले तल झरेको छ । विकास बैंक समूहको ९.९५ अंकको गिरावट आउँदा वाणिज्य बैंक समूह १.७५ अंकले घटेको छ ।

कारोबार रकममा एसियन लाइफ इन्सुरेन्स संस्थापक सेयरले बाजी मारेको छ । एसियनको संस्थापक सेयर ६ करोड २३ लाख रुपैयाँभन्दा बढीको किनबेच भएको छ । कारोबार रकमका आधारमा स्टान्डर्ड चार्टर्ड बैंक र गुराँस लाइफ इन्सुरेन्स, हिमालयन जनरल इन्स्योरेन्स क्रमश दोस्रो तेस्रो चौथोमा परेका छन् ।

प्रकाशित मितिः २०७४ जेठ १८

symbol nepse jesth18

वि.सं.२०७४ जेठ १८ बिहीवार १५:५० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...