back
NMB ad

सोमबार सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्नेहरुमा को–को परे ?

Kumari bank ad

काठमाडौ । सोमबार सेयर बजार परिसूचक नेप्से ९.९७ अंकले घटेर १५८०.५२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह रातो रंगले पोतिएका छन् अर्थात ओरालो लागेका छन् ।

बजारमा सबैभन्दा धेरै बीमा समूह ८१.०६ अंकले घटेको छ । बैंकिङ, होटल, विकासक बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ७.४९, २८.९९, १२.९८, २३.३८, २.४, ७.३ र १.७३ अंकले घटेका छन् ।

आईतबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन १३८ वटा कम्पनीको सात लाख ९८ हजार छ सय १३ कित्ता सेयर छ हजार सात सय २३ पटक खरिदविक्री हुँदा जम्मा ४९ करोड ८८ लाख ९६ हजार तीन सय ५४ रुपैयाँमा खरिदबिक्री भए । आइतबार नेप्से परिसूचक २४.७० अंकले घट्दा पनि ७१ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो ।

सोमबार आरएसडीसी लघुवित्तको सबैभन्दा धेरै पाँच करोड ४४ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स र स्टान्डर्ड चार्टर्ड बैंकको क्रमशः तीन करोड ५७ लाख र तीन करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन जनरल इन्स्योरेन्स, एभरेष्ट बैंक, नविल बैंक, नेपाल बैंक, प्रभु बैंक र सानिमा बैंकको एक करोडमाथिको कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्सको ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

jesth  29

प्रकाशित मितिः २०७४ जेठ २९

वि.सं.२०७४ जेठ २९ सोमवार १६:४२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...