back
NMB ad

करिब ६३ अंकले बढ्यो सेयर बजार, करोबार रकम सात करोड बढी, के हो त कारण ?

Kumari bank ad

काठमाण्डौं ।  आज बुधबार पनि सेयर बजार दोहोरो अंकले बढ्न पुगेको छ । हिजो र आज सेयर बजारमा हरियाली छाएपछि लगानीकर्ताहरु पुनः उत्साहित भएका छन् । आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ७ करोडले बढ्न पुगेकोछ ।

आज बजार बजार ६२.२३ अंकले बढेर १३८९.८३ अंकमाथि पुगेको छ । आज सबैभन्दा बढी बीमा समूह ३७६ अंकले उकालो लागेको छ । त्यस्तै, वाणिज्य बैंक ६४, होटल ४४, विकास बैंक ५६, जलविद्युत ८०, वित्त १९ र उत्पादन समूह २५ अंकले बढेको छ । आज १३७ कम्पनीको सेयर किनबेच भएको बजारमा १८ लाख ३३ हजार ४ सय ४० कित्ता सेयर ६० करोड ६७ लाख रुपैंयामा किनबेच भएका छन् ।

यसदिन सिद्धार्थ बैंकको सबैभन्दा धेरै ८ करोड २२ लाख बराबरको सेयर किनबेच भयो । नेपाल टेलिकमले पनि ६ करोड बढीको कारोबार गरेको छ । नेप्सेको मंगलबार बसेको संचालक समितिको बैठकले तत्काल  नेप्सेलार्इ अनलाइन ट्रेडिङमा लैजाने निर्णय गरेपछि यसको सिधा असर सेयर बजारमा देखा परेको हो ।

१९ माघ २०७३, ३.४०

वि.सं.२०७३ माघ १९ बुधवार १५:३४ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...