काठमाण्डौं । कृषि विकास बैंकले साधारण सभाका लागि चैत १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। बैंकले चैत ३१ गते साधारण सभा डाकेको छ।
त्यस्तै, सेन्चुरी कमर्सियल बैंकले पनि बुक क्लोज मिति तय गरेको छ। बैंकले चैत १८ देखि ३१ गतेसम्म बुक क्लोज हुने जनाएको छ। बैंकले चैत ३१ गते साधारण सभा डाकेको छ। बैंकले साधारण सभामा ४० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ।
यसैगरी, आज नेपाल स्टक एक्सचेन्जले युनियन फाइनान्सको कारोबार रोक्का गरेको जनाएको छ । देव बिकाश बैंकले फाइनान्सलाई एक्वायेर गरेका कारण कारोबार रोकेको नेप्सेले जनाएको छ।
१० चैत २०७३, १०।००
वि.सं.२०७३ चैत १० बिहीवार ११:१२ मा प्रकाशित