काठमाण्डौँ । आज साताको अन्तिम दिन नेप्से परिसुचक चार दशमलव ७० अंकले घटेर १७७४ दशमलव ८७ अंकमा आइ पुगेको छ । आज होटल र विकास बैंक समुहमा लगानीकर्ताहरु झुम्मिएपछि अरु उपसूचक राता भएका थिए ।
आज सेयर बजारमा होटल १३ दशमलव २५ र विकास बैंक तीन दशमलव १९ अंकले बढेका छन् । आज १ सय ४७ कम्पनीको एक अर्ब ३१ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको ३५ लाख ४४ हजार किता सेयर खरिद बिक्री भएको छ।
आज बीमा ६७ अंकले ओर्लिएको छ । आजै नेपाल बैंकको दुई लाख २४ हजार कित्ता सेयर किनेबेच भएको छ।
२७ साउन २०७३, ३।३०
वि.सं.२०७३ साउन २७ बिहीवार १६:०८ मा प्रकाशित