काठमाडौ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । बजारमा बाणिज्य बैंक समूहको परिसूचक ओरालो लागेपनि समग्र बजार परिसूचक ७.११ अंकले बढेर १६३६.१९ अंकमा पुगेको छ ।
बजारमा बाणिज्य बैंक समूहको परिसूचक ०.४ अंकले घटेको छ । अन्य समूह ३.१८ अंकले ओरालो लागेपनि बाँकी सबै समूहको परिसूचक उकालो लागेपछि बजार परिसूचक सकारात्मक बन्न पुगेको हो ।
मंगलबार २ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ भनेथप ३ कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयरको मूल्य १० प्रतिशतले बढेको हो ।
प्रकाशित मितिः २०७४ साउन १०
वि.सं.२०७४ साउन १० मंगलवार १५:२१ मा प्रकाशित