back
NMB ad

सेयर बजारमा १ अर्ब माथिको कारोबार हुँदा कमाउने र गुमाउनेमा कुन–कुन कम्पनी परे ?

Kumari bank ad

काठमाडौ । बुधबार सेयर बजार २.४९ अंकले बढेर १६६२.७४ अंकमा पुगेको छ । बीमा, जलविद्युत्, उत्पादनमूलक र अन्य समूहले झारेको बजारलाई बैंकिङ, होटल, विकास बैंक र फाइनान्स समूहले उचालेका छन् ।

बीमा, उत्पादनमूलक, जलविद्युत् र अन्य क्रमशः ४९.५२, ३.३७, २.६३ र ०.५८ अंकले घटेका छन् भने बैंकिङ, होटल, विकास बैंक र फाइनान्स क्रमशः १.५६, १४.०३, १२.०५ र ३१.७७ अंकले बढेका छन् ।1

कारोबार रकम मंगलबारको तुलनामा सामान्य घटेको छ । दिनभरिमा १५७ वटा कम्पनीको २१ लाख ७९ हजार ६५१ कित्ता सेयर आठ हजार आठ सय १९ पटक खरिदविक्री हुँदा एक अर्ब पाँच करोड २० लाख रुपैंयाभन्दा बढिको कारोबार भएको छ ।2

नेपाल ग्रामीण विकास बैंकको सबैभन्दा धेरै आठ करोड ५५ लाखको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंकको पाँच करोड माथिको कारोबार भएको छ । वरियन्टल होटल्स, नेपाल लाइफ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको तीन करोडमाथिको कारोबार हुँदा रुरल माइक्रोफाइनान्स, प्राइम लाइफ, एभरेष्ट बैंक, हिमालयन डिस्टीलरी, छिमेक लघुवित्त लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।

नेशनल माइक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले क्रमशः ९.९७, ९.९१, ९.८३ र ९.४२ प्रतिशतका दरले कमाएका छन् भने नागरिक लगानी कोष र स्वरोजगार लघुवित्तका सेयरधनीले ८ प्रतिशत तथा बरुण हाइड्रो र नेपाल ग्रामीण विकास बैंकका सेयरधनीले ५ प्रतिशतभन्दा बढीले कमाएका छन् । काबेली विकास बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।3

युनाइटेड मोदी हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ५.२७ प्रतिशतका दरले गुमाएका छन् । एनबि इन्स्योरेन्स, ङादी ग्रुप पावर, सेन्ट्रल फाइनान्स, जेविल्स फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

प्रकाशित मितिः २०७४ साउन १८

वि.सं.२०७४ साउन १८ बुधवार १५:४५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...