back
NMB ad

सेयर बजार आजबाट नियमित रुपमा खुल्यो, आजबाट ब्रोकरको घटेको कमिशन लागु !

Kumari bank ad

काठमाण्डौं । सेयर ब्रोकरको घटेको कमिशन सफ्टवेयरमा देखाउन नसकेपछि हिजो आइतबार बन्द भएको सेयर कारोबार आज सोमबारदेखि नियमति रुपमा खुलेकोछ । ब्रोकरहरुले सफ्टवेयरमा नयाँ कमिशन दर अपडेट गरिसकेकाले आजबाट हुने सेयर कारोबारमा नयाँ कमिशन दर लागु हुनेछ ।

अब लगानीकर्ताले अधिकतम ०.६० प्रातिशतका दरले ब्रोकर कमिशन तिर्नुपर्छ । ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिशतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै, ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०.५५ प्रतिशत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिशत, २० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिशत र एक करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले ०.४० प्रतिशतका दरले कमिशन तिर्नु पर्ने छ ।

अर्थमन्त्रालयले गत विहीबार नयाँ कमिशन दर लागु गर्ने निर्णय गरेर धितोपत्र बोर्डलाई संसोधित नियमावली पठाएको थियो । संसोधित नियमावली अनुसार बोर्डले नेप्सेलाई कायान्वयन गर्न निर्देशन दिएको हो । सोही निर्देशन अनुसार आइतबार देखि नयाँ कमिशन दर लागु हुने नेप्सेले जनाएको थियो । तर हिजो नेप्सेमा बढेको दर लागु हुन नसकेपछि सेयर कारोबार रोकिएको थियो ।

१० साउन २०७३, ११।००

वि.सं.२०७३ साउन १० सोमवार ११:१९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...