back
NMB ad

मंगलबार पनी शेयरबजार राताम्मै, सूचकहरु निरन्तर ओरालो गतिमा

Kumari bank ad

काठमाडौँ। पछिल्लो समय नेपाली सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । कारोबार खुलेको हरेक दिन बजार राताम्य हुदै बन्द हुनेगरेको छ । मंगलबार पनी शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार मापक सूचक २०.६४ अंकले घट्दा बजार १४४७.०१ अंकमा ओर्लिएको छ।

मंगलबार अन्य बाहेकको सबै उपसूचक घटेका छन्। कारोबारको सुरुवातमा सबै उपसूचक घटेका भएपनि कारोबारको अन्त्यतिर अन्यमा वृद्धि हुदा थप बजार घट्न पाएन। अन्य ०.८२ प्रतिशतले बढेको छ।

‘क’बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.१६ अंकले घटेर ३०४.८५ अंकमा झरेको छ। कारोबारको सुरुवातमा शेयर बजार तीन अंकले बढेको भएपनि त्यसपछि बजार लगातार घटेको थियो । एक घण्टामा १८ अंक घटेको बजार अन्त्यमा २० अंक खुम्चिदै बन्द भएको हो।

मंगलबार १५९ कम्पनीका १० लाख ३८ हजार कित्ता शेयर ५४ करोड रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको शेयर आठ करोड ३३ लाख रुपैयाँमा खरिद बिक्री भयो।

बैंक १.४५, ट्रेडिङ २.४१,होटल १.११, विकास बैंक २.२१, जलबिद्युत १.८४, फाइनान्स २.१६, बीमा १.८३, उत्पादन मुलक १.२१ र लघुवित्त १.८४ प्रतिशतले घटेका छन्।

मंगलबार सबैभन्दा बढी महुली सामुदायिक लघुबित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशत कमाएका छन्। प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले करिब सात प्रतिशत गुमाए।

२०७४ पुष ११ गते प्रकाशित

वि.सं.२०७४ पुस ११ मंगलवार १६:०५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...