back
NMB ad

बैङ्कमा तरलता बढ्दा नेप्सेलाई राहत, कारोबार रकम र सूचक दुबैमा सुधार

Kumari bank ad

काठमाडौँ । यो साता पनी सेयर बजारको कारोबार उतारचढावमै टुङ्गिएको छ । सेयर बजारका लगानीकर्तामा छाएको निराशा तरलता समस्यामा राष्ट्र बैङ्कले चासोका साथ समाधानको पहल गरेपछी घट्न थालेको छ । विभिन्न जटिलताको निवारण पहल सुरु भएसँगै सेयर बजार उकालो लाग्ने संकेतहरु देखिन थालेका छन् । साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य उतारचढावसंगै कारोबार मापक सूचक नेप्से ७.२२ अंकले बढेर १४२३.८३ अंकमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि पछिल्ला दुई साता यता तिब्र उतारचढाब देखिएको सेयरबजारमा विहीबार नेप्से तथा कारोबार रकम दुवैमा केही सुधार देखिएको छ । सरोकारवाला निकायहरु तरलता समस्या समाधान गर्न सक्रिय भएपछि सेयरबजार समेत सकारात्मक हुन पुगेको हो ।

बिहीबार १५९ कम्पनीका १३ लाख ४९ हजार कित्ता शेयर ५३ करोड ५० लाख रुपैयाँमा कारोबार हुँदा सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर १२ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।

बजार ७.२२ अंकले बढ्दा समग्र बजार पूँजीकरण १२ अर्बले बढेर १६ खर्ब ६० अर्ब कायम भएको छ । यसदिन व्यापार,होटल र विकास बैंक बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । साथै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५९ अंकले बढेर २९९.६६ अंकमा पुगेको छ।

nepse1-4(1)

बिहिबार भएको १० समुहको कारोबारमा सात समूह घटेका छन् भने तीन समूह बढेका छन्। बैंक ०.५२, जलबिद्युत ०.२२, फाइनान्स ०.२६, बीमा ०.२५, उत्पादनमुलक समूह ०.४४, अन्य २.१ र लघुबित्त ०.४८ प्रतिशतले बढेका छन्। ट्रेडिङ १.४८, होटल ०.३१, विकास बैंक ०.४६ प्रतिशतले घटेका छन्।

२०७४ पुष २० गते प्रकाशित

वि.सं.२०७४ पुस २० बिहीवार १६:१५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...