back
NMB ad

५०% हकप्रद,२०% बोनस र ११.०५% नगद लाभांश लिन सेयर सुरक्षित गर्न आज अन्तिम दिन !

Kumari bank ad

काठमाडौ । नेरुडे लघुवित्त विकास बैंकको ५० प्रतिशत हकप्रद, २० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश पाउन सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । नेरुडेले वार्षिक साधारण सभा र ५० प्रतिशत हकप्रद निष्कासन गर्न फागुन ३० देखि सेयरधनी दर्ता किताब बन्द गर्दैछ ।

शुक्रबार सेयर कारोबार नहुने अनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले नरुडेको हकप्रद, बोनस र नगद लाभांशको हकदार हुन आजै सेयर किनिसक्नुपर्ने हुन्छ । किनकि नेरुडेले सोमबारदेखि बुक क्लोज गर्दैछ । हाल कायम सेयरधनी भने स्वतः लाभांशको भागिदार भइहाल्छन् । नेरुडेले चैत १४ गतेदेखि २ः१ अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको नौ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।

हकप्रद सेयरमा बैशाख १७ गतेसम्म आवेदन दिन पाइने छ । यसैगरी, चैत ३१ गते नेरुडेले वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर समेत गरेर ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लगिने भएको छ ।

प्रकाशित मितिः २०७३ फागुन २६

वि.सं.२०७३ फागुन २६ बिहीवार ११:०३ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...