back
NMB ad

अन्तरराष्ट्रिय विमानस्थलभित्र दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि छानबीन समिति गठन

Kumari bank ad

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि (सो भिडियो धेरैले हेरेपछि) त्यसको छानबिनका लागि सरकारले छानबीन समिति गठन गरेको छ ।

करिब महिना दिन अघि भारतको चेन्नइबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रुलाई विमानस्थल मै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुव्र्यबहार गरेका थिए । मङ्गलबार सार्वजनिक भएको सो भिडियोमा एकजना यात्रुलाई विमान अवतरण गरेपछि बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालेका छन् ।

उक्त दुव्र्यबहारसम्बन्धी भिडियो मङ्गलबार मात्र सार्वजनिक भएको थियो । उक्त भिडियो मङ्गलबार नै भारतका करोडौँ नागरिकले हेरिसकेका छन् । उक्त भिडियो भाइरल भएपछि उक्त एयरलाइन्सले भने सार्वजनिकरुपमा नै माफी मागेको छ । तर सर्वसाधारण यात्रुमाथि गरिएको सो दुव्र्यबहारप्रति देशव्यापीरुपमा बढेको आक्रोस अझै मत्थर भने भएको छैन ।

उक्त घटनाको छानबीन गर्न बुधबार बिहानै एक छानबीन समिति गठन गरिएको जानकारी भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले दिएका छन् । भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा सो समिति गठन गरिएको छ । उनलाई उक्त घटनाको सत्यतथ्य छानबीन गरी सरकारलाई प्रतिवेदन दिन भनिएको छ ।

मन्त्री गजापतिले भनेका छन्– एयरलाइन्सजस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रुमा गरिएको यो व्यबहार निन्दनीय छ, दोषीमाथि कारबाही हुन्छ हामीले यस घटनाको छानबीन सुरु गरिसकेका छौँ । भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले मङ्गलबार साँझ नै सो सम्बन्धी छानबीनका लागि समिति गठन गर्ने जानकारी दिएका थिए ।

उनलाई भौतिकरुपमा लछारपखार पार्नुको साथै गाली गलौज पनि गरिएको सार्वजनिक भएको सो भिडियाको फुटेजहरुमा देखिन्छ । (रासस÷सिन्ह्वा)

प्रकाशित मितिः २०७४ कार्तिक २२

वि.सं.२०७४ कात्तिक २२ बुधवार १६:२२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...