back
NMB ad

होचो स्थानको हिमताललाई चिनाउन कास्कीमा नयाँ पदयात्रा मार्ग खोलिँदै

Kumari bank ad

पोखरा । होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ ।

पछिल्ला एक दुई वर्षयता बढी चर्चामा आउन थालेको यो ताल जिल्लाको मादी गाउँपालिका–१ स्थित समुद्री सतहबाट २४५० मिटरको उचाइमा रहेको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवद्र्धनका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान सञ्चालन गरेको थियो ।

अन्नपूर्ण दोस्रो र लम्जुङ हिमाल बीचबाट आउने हिमपहिरोबाट बनेको यो हिमतालले पर्यटनको अथाहा सम्भावना बोकेका कारण खोज तथा अनुसन्धान अघि बढाइएको टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाको दीपबाट पदयात्रा शुरु गरी कास्कीकै अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै कफुचे पुग्ने यो मार्ग कम्तीमा एक हप्ता लामो हुन्छ ।

पदयात्रा मार्गमा पर्ने गाउँ, पानीका स्रोत, भञ्ज्याङलगायतलाई समेटेको नक्सा बनाउन जिपिएससहितको एक टोलीसमेत खटिएको छ । केही महिनाभित्र सो मार्गको नक्सा र ब्रोसर निर्माण गरी सो मार्ग सञ्चालनको क्रम अगाडि बढाइने टान क्षेत्रीय संघ पोखराका पूर्व सचिव एवं खोज तथा अनुसन्धान अभियानका संयोजक विनय आचार्यले जानकारी दिनुभयो ।

पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ । गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली शृङ्खलाको दृष्य, कोटहरु, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता हो ।

केम्पिङ र होमस्टेमा आधारित यो पदयात्रा मार्गलाई १० दिनमा विस्तार गरी मादी गाउँपालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामून पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको पर्यटन व्यवसायी बताउँछन् ।

पदयात्रा मार्गहरु सडक मार्गको चपेटामा पर्दै जान थालेपछि वैकल्पिक मार्गका रुपमा यो मार्ग सञ्चालनको तयारी थालिएको टान वेष्टर्न रिजनल एशोसिएसन पोखराका कार्यकारी सदस्य रामचन्द्र अधिकारीले बताउनुभयो । – रासस

२०७४ पुष २७ गते प्रकाशित

वि.सं.२०७४ पुस २७ बिहीवार ११:४५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...